मंगलबार ३७७ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु


काठमाण्डु – नेपालमा पछिल्लो २४ घन्टामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १४९ नमूना परीक्षणमध्ये ३३९ पीसीआर र ३८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ४८२ पुगेको छ । मन्त्रालयका अनुसार थप १७० जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ९८ हजार ७१४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement