बिहीबार २९९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १५१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

७ हजार ८६३ जनाको पिसिआर परीक्षण र ३२८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । नेपालमा हाल ७ हजार ६४२ जना सक्रिय संक्रमित छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement