पछिल्लो २४ घण्टामा थपिए १९ सय ४८ संक्रमित, ३१४० डिस्चार्ज


काठमाण्डु – नेपालमा बुधबार थप १९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६० हजार २६ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४० जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ७ हजार ९ सय ९८ जना कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ८९ जना पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement