बेलायतले दियो फाइजर कम्पनीलाई कोरोना खोपको अनुमति, दुई करोड मानिसले खोप पाउने


एजेन्सी – बेलायतले फाइजर कम्पनीले बनाएको कोरोना भाइरसको भ्याक्सिन प्रयोग गर्न अनुमति दिएको छ । योसँगै बेलायत फाइजर कम्पनीको खोप अनुमोदन गर्ने पहिलो देश बनेको छ ।

बेलायती नियामक निकाय एमएचआरएले फाइजर र बायोएन्टेकको यो खोपले कोभिड–१९ बाट ९५ प्रतिशत सुरक्षा दिने दाबी गरिएको छ । केहि दिन भित्र जोखिममा रहेका मानिसहरुलाई खोप लगाउन सुरु गरिने बीबीसीले जनाएको छ ।

बेलायतले चार करोड डोज खोप अर्डर गरिसकेको छ । प्रत्येक व्यक्तिलाई दुई डोज खोप दिइनेछ । यसकारण दुई करोड व्यक्तिले यो खोप लगाउन पाउनेछन् ।

यो संसारमा सबैभन्दा चाँडै विकास गरिएको खोप हो । जुन खोप बनाउन १० महिना लागेको छ । सामान्यतया यस्तो खोप तयार गर्न एक दशक सम्म लाग्न सक्दछ । विज्ञहरूले यो खोप लगाए पनि मानिसहरुले संक्रमण रोक्नका लागि केही नियमहरू पालना गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement