बालबालिकाको लागि २२ लाख खोप आइतबार आउने, कुन-कुन जिल्लाबाट लगाउन पाइन्छ ?


काठमाण्डु – पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने फाइजर खोप १९ जुन अर्थात आगामी आइतबार काठमाण्डु आइपुग्ने भएको छ ।

पहिलो चरणमा २२ लाख डोज फाइजर खोप आउने कार्यतालिका रहेको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाले बताए । उनका अनुसार खोप घोल्न आवश्यक पर्ने घोलक भने २ लाख २० हजार ८ सय भायल आइपुगिसकेको छ ।

नेपालले कोभ्याक्स सुविधामार्फत ८४ लाख डोज निःशुल्क पाएको हो । यसभन्दा अगाडी सरकारले ५ देखि ११ वर्ष उमेर समूहमा खोप लगाउन साढे ६ अरब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा प्रदेश नं. १ बाट झापा, मोरङ, सुनसरी, मधेश प्रदेशबाट स् सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी, बागमती प्रदेशबाट स् काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे र सिन्धुली जिल्लाबाट खोप लगाइने छ । त्यसैगरी, लुम्बिनी प्रदेशबाट पश्चिम नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र बर्दिया, कर्णाली प्रदेशबाट सुर्खेत तथा सुदूरपश्चिम प्रदेशबाट कैलाली, कञ्चनपुर र डडेल्धुरामा खोप कार्यक्रम सञ्चालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement