नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुग्यो


काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

जसमध्ये रुपन्देहीका २७ वर्षीय पुरुष, झापामा १६, १८ वर्षीय २ जना, २० वर्षीय २ जना, २३, ५२ र ५५ वर्षीय पुरुषमा संक्रमण भेटिएको हो । त्यस्तै कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement