बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमित थपिए


काठमाडौं – नेपालमा ५ जना कोरोना संक्रमित थपिएका छन् । केहीसमय अगाडि बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । आज दिउँसो १९ जना कोरोना संक्रमित थपिएका थिए ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षीय पुरुष र बर्दियाको बासगढी नगरपालिका–९ का २५ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement