पछिल्लाे २४ घण्टामा २७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा र थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पिसिआर र एन्टिजेन विधिबाट कुल १२ हजार २९ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २सय ८ जना कोरोनाबाट मुक्त भएका छन् । कुल संक्रमितमध्ये निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement