नेपालमा १३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १३४ पुग्यो


काठमाडौं – नेपालमा एकै दिन २४ जना कोरोना संक्रमित थपिएका छन् । बिहान मात्र ११ जनामा कोरोना पुष्टी भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेर अघि कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।

कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका– ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍–७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

बर्दिया राजापुर नगरपालिका– ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।

कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा एक जनामा संक्रमित देखिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement