यस्तो देखियो कोरोना संक्रमित व्यक्तिको फोक्सो (भिडियोसहित)


एजेन्सी – कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले मानिसको फोक्सोमा अधिक क्षति भएको भिडियो सार्वजनिक भएको छ ।

कोरोना संक्रमण पुष्टि हुनुभन्दा केही दिनअघिसम्म लक्षण नदेखिएका ५९ वर्षीय एक व्यक्तिको फोक्समा कोरोना भाइरसले अधिक क्षति र्पुयाएको भिडियो सार्वजनिक भएको हो ।

सीएनएनका अनुसार अहिले उनको फोक्सले राम्रोसँग काम गर्न छोडेको वाशिङ्टन डीसीस्थित जर्ज वाशिङ्टन विश्वविद्यालय अस्पतालका थोरासिक सर्जरी प्रमुअ डा. केथ कोर्टम्यानले बताएका छन् । अस्पतालले संक्रमित बिरामीको फोक्सोमा अधिक क्षति र्पुयाएको भिडियो सार्वजनिक गरेको हो ।

“यो ७०–८० वर्ष पुरानो इम्युनोसप्रेस्ड भएको मधुमेहको बिरामी होइन,“ मोर्टम्यानले भने, “उनलाई उच्च रक्तचापबाहेक अन्य कुनै समस्या थिएन । उनी आफ्नो बारेमा मात्र सोच्ने मानिस हुन् । यदि हामीले ३६० भिआर तस्बिरलाई दोर्होयौं भने त्यो एक सातापछि हुने अवस्था हो । संक्रमणको अवस्था थप नाजुक बन्नसक्ने जोखिम अधिक छ ।“

भिडियोमा देखाइएको फोक्सोको दुबै भागमा देखिएको पहेँलो भाग कोरोना संक्रमणले क्षति भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement