गण्डकी प्रदेशमा थपिए १६ जना कोरोना संक्रमित


कास्की – गण्डकी प्रदेशमा १६ जना कोरोना स.क्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणका क्रममा ार जिल्लमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गरी बाग्लुङ, स्याङ्जा, म्याग्दी र पर्वत जिल्लामा थप संक्रमित देखिएको जानकारी दिएको हो ।

प्रवक्ता डा।विनोद बिन्दु शर्माले बाग्लुङका ९ पुरुष र एक महिला, स्याङ्जाका एक किशोर, म्याग्दीका एक युवा र पर्वतका ४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित १६ देखि ३३ वर्ष उमेर समूहका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement