काेरोनाबाट १४ जिल्ला अतिप्रभावित, स्वास्थ्य मन्त्रालयले भन्योः विद्यालय नजाऔं


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ वटा जिल्ला कोरोना भाइरस संक्रमणबाट अतिप्रभाति भएको बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै काठमाण्डु, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, केलालली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्ला कोरोनाबाट अतिप्रभावित भएको जनाएका छन् ।

विज्ञप्तिमा कोरोनाबाट अतिप्रभावित जिल्लाहरुका विद्यालय नजान पनि आग्रह गरिएको छ । मन्त्रालयले विद्यालय, रात्रीकालीन व्यवसाय, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु बन्द, खेलकुद, जीम, सपिङमल, पार्टी प्यालेस, स्विमिङ पुल लगायतका स्थानहरुमा सहभागी नहुन सबैलाई आग्रह गरेको छ ।

नेपाल आएका विदेशीहरुलाई गेष्ट रजिष्ट्रेसन सिस्टम चुस्त दुरुस्त बनाउन र कोरोना नेगेटिभ रिपोर्ट देखाएर मात्र होटलमा प्रवेश गराउन मन्त्रालयकाे आग्रह छ ।

मन्त्रालयले नियमित रुपमा अस्पताल जाने बिरामीलाई कोरोना संक्रमण पुष्टि भएपछि अन्य अस्पतालमा पठाउने काम नगर्न पनि आग्रह गरेको छ ।

‘सबै सरकारी अस्पतालहरुले कम्तीमा पचास प्रतिशत बेडहरु कोरोना संक्रमितहरुलाई व्यवस्थापन गर्न छुट्याएर तोकिए अनुसार निशुल्क सेवा प्रवाह गरौं’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement