कोरोना नियन्त्रण खर्च सार्वजानिक


चितवन – पूर्वी चितवनको राप्ती नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न हालसम्म  ८९ लाख ४३ हजार ४३० खर्च गरेको छ । नगर प्रमुख प्रभा बरालले कोरोना तीन महिनामा राहतसहित विभिन्न शीर्षकमा सो रकम खर्च भएको जानकारी दिए ।

उनका अनुसार राहतमा रु ६५ लाख ३१ हजार २५६, स्वास्थ्य सामग्री खरिदमा आठ लाख ९६ हजार ७६१, क्वारेन्टिनमा दुई लाख ८२ हजार ६१२ खर्च भएको छ ।

यस्तै क्वारेन्टिनमा रहेको व्यक्तिको खाना, खाजा खर्चमा सात लाख ४९ हजार २७०, सवारी चालकका लागि एक लाख २२ हजार ८३०, कोरोना बीमा एक लाख ३७ हजार ४२०, इन्धन खर्च ४१ हजार ४२, एम्बुलेन्स भाडा ३५ हजार २२० र अन्यमा एक लाख ४१ हजार नौ खर्च भएको छ । सो खर्चलाई कार्यपालिका बैठकले अनुमोदन समेत गरेको छ ।

नगरपालिकाका १२१ जनाले १८ देखि २१ दिन क्वारेन्टिनमा बसेको उहाँले जानकारी दिनुभयो । ती मध्ये १३ महिला, १०१ पुरुष, तीन बालबालिका, दुई गर्भवती र दुई वृद्धा रहेका छन् । १३ वटा वडामा ६४ हजार जनसङ्ख्या रहेको सो नगरपालिकाले छ हजार ५३२ जनालाई राहत वितरण गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement