सोमबार थप ४१८ जनामा कोरोना संक्रमण,नेपालमा संक्रमितको संख्या २० हजार ७५०पुग्यो


 काठमाण्डु – नेपालमा थप ४१८ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

याेसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ ।

त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकासहित हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनाबाट निको भएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement