कोरोना संक्रमण : हाईप्रोफाइल नेतादेखि सेलिब्रेटीसम्म


काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सन् २०१९ को १९ डिसेम्बरदेखि हालसम्म आइपुग्दा ७ लाख बढी मानिस संक्रमित भइसकेका छन् । सुरुमा सामान्य रूपमा लिइएको कोरोना भाइरसको संक्रमण वुहान सहरका ५५ वर्षीय एक व्यक्तिमा देखिएको थियो ।

२० डिसेम्बरसम्म आइपुग्दा सो भाइरस संक्रमितको संख्या ६० पुग्यो । त्यसपछिका दिनमा यो संक्रमण फैलने क्रम विश्वभर बढ्दै गएको थियो । हालसम्म कोरोना भाइरसबाट विश्वमा ७ लाख ३१ हजार ५ सय ३७ जना संक्रमित भइसकेको र ३४ हजार भन्दा बढीको ज्यान गएको छ ।
अहिले अमेरिकासहित इटाली, स्पेन, फ्रान्स लगायत देशमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको छ ।

कोरोना भाइरसले आममानिस मात्रै नभई सेलिब्रेटी, खेलाडीदेखि विश्वका राजनेतालाई समेत थलो पारेको छ । हलिउडका चर्चित अभिनेता टम हन्क्सदेखि पछिल्लो समय बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, बेलायतका स्वास्थ्यमन्त्री माट हानकोक, बेलायतका राजकुमार चाल्र्स कोरोनाको संक्रमणमा परेका छन् । हलिउडका चर्चित अभिनेता टम हन्क्स श्रीमतीसँग अस्ट्रेलियामा रहेका बेला कोरोना संक्रमित भएका हुन् । उनकी श्रीमती रिटा विल्सन समेत कोरोना संक्रमित भएकी थिइन् ।

कोरोना संक्रमण हुनेमा अस्ट्रेलियाका गृहमन्त्री पिटर डटन पनि रहेका छन् । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोइरे पनि कोरोना संक्रमित भएको पुष्टि भएको छ । हाल उनी आइसोलेसनमा छिन् । कोरोना संक्रमणको पुष्टि हुनेमा ब्राजिलका राष्ट्रपतिका सञ्चार प्रमुख फेबियो वाजगार्टन पनि रहेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement