कोरोना भाइरस : २१ हजार बढीको मृत्यु


एजेन्सी- कोभिड -१९ (कोरोना भाइरस)को संक्रमण अहिलेसम्म विश्वका १ सय ९८ देश र एउटा पानीजहाज (क्रुजसीप)मा फैलिएको छ। भाइरसका कारण २१ हजारभन्दा धेरैको मृत्यु भएको छ।

अहिलेसम्म २१ हजार १ सय ९१ ज्यानको मृत्यु भएको वल्डओमिटरले जनाएको छ। इटालीमा मात्रै ७ हजार ५ सय ३ र स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ। पछिल‍्लो पटक मृतकको संख्या थपिएर सबैभन्दा धेरै इटालीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जना मृत्यु भएका छन् । यो चीनको भन्दापनि धेरै हो।

चीनमा अहिलेसम्म ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ। अहिलेसम्म ४ लाख ६७ हजार ८ सय ९० जनामा संक्रमण देखिएकोमा १ लाख १३ हजार ८ सय ९ जना उपचारपछि निको भएका छन्। तीव्र रूपमा संक्रमितको संख्या बढेपछि विश्व स्वास्थ्य संगठनले अमेरिका चीन र इटालीपछि अर्को इपिसेन्टर बन्न सक्ने चेतावनी दिएको छ।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement