कोरोना संक्रमण रोक्न गाउँ-गाउँमा प्रहरी गस्ति


सिन्धुपाल्चोक- कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न गरिएको ‘लकडाउन’ को बेवास्था गर्दै ग्रामीण क्षेत्रका स्थानीय घरबाहिर र भिडभाडमा निस्कन नछोडेपछि प्रहरीले गाउँ–गाउँमा गस्ति गर्न थालेको छ।

कोरोना भाइरसबारे जानकारी दिँदै घरमै बस्न र भिडभाडमा ननिस्कन अनुरोध गर्दै प्रहरीले गाउँ गस्ति बाक्लो बनाएको हो। ‘जिल्लैभरका युनिटबाट गाउँ गस्ति गर्न प्रहरी टोली परिचालन गरिरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले भने। गाउँ–गाउँमा लकडाउनको बेवास्था भएको पाइएपछि प्रहरी परिचानल गरेको उनले जानकारी दिए। डिएसपी काफ्लेका अनुसार लकडाउनको दोस्रो दिनबाटै गाउँ गस्तिमा प्रहरी परिचालन भइरहेका छन्।

गाउँ पुग्ने प्रहरीले कोरोना भाइरसबारे जानकारी दिँदै सकेसम्म घरबाहिर ननिस्कन, भिडभाडमा नजान, माक्स प्रयोग गर्न सुझाउने गरेका छन्। लकडाउनकै दिनबाट जिल्लाका प्रमुख बजार क्षेत्र भने सुनसान छन्। बजार क्षेत्रमा लकडाउन दिनप्रतिदिन प्रभावकारी हुँदै गएको प्रहरीले जनाएको छ। सदरमुकाम चौतारा, बाह्रविसे, खाडिचौर, तातोपानी, जलवीरे, मेलम्ची लगायत प्रमुख बजार र राजमार्ग तथा सडक क्षेत्रका बजार भने सुनसान रहँदै आएका छन्। ती क्षेत्रमा खाद्यन्न, औषधी लगायत अत्यावस्यक सामाग्री किनमेल गर्ने फाट्टफुट्टबाहेक सबै गुप्तावासमा छन्।यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement