भारतलाई विश्व बैंकको १ अर्ब डलर सहयोग


एजेन्सी – भारतमा कोरोनाभाइरसको घटना तीव्र दरमा बढीरहेको छ । भारतले यससँग जुझ्नका लागि २१ दिनको लकडाउन लागू गरेको छ । यसैबीच विश्व बैंकले भारतलाई आर्थिक सहयोग दिन घोषणा गरेको छ ।

विश्व बैंकले कोरोनाभाइरसको प्रकोपसँग जुध्नका लागि भारतलाई १ अर्ब डलरको आपतकालिन वित्तीय सहयोगको मन्जुरी दिएको छ । विश्व बैंकको सहायता परियोजनको पहिलो सेट १.९ अर्ब डलरको रहेको छ । जसबाट २५ देशलाई सहयोग गरिनेछ । यसै आपतकालीन वित्तीय सहयोगको सबैभन्दा ठूलो हिस्सा १ अर्ब डलर भारतलाई दिइने भएको हाे ।

यो १ अर्ब डलरको आपतकालीन वित्तीय सहयोग राम्रो स्क्रीनिङ, कन्ट्याक्ट ट्रेसिङ र प्रयोगशाला डायग्नोस्टिक्सका लागि प्रयोग हुने विश्व बैंकले जनाएको छ । साथै यसले व्यक्तिगत उपकरणको खरिद समेत गर्नेछ । यसैगरी दक्षिण एशियामा विश्व बैंकले पाकिस्तानका लागि २० करोड डलर र अफगानिस्तानका लागि १० करोड डलर सहयोगको मन्जुरी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement