कङ्गो र दक्षिण सुडानको भ्रमणमा रहेका प्रधानसेनापति स्वेदश फिर्ता


काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री स्वदेश फर्केका छन् । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक तैनाथ रहेको प्रजातान्त्रिक गणतन्त्र कङ्गोस्थित मनुस्को मिशनमा तैनाथ नेपाली कन्टिन्जेण्ट र दक्षिण सुडानस्थित युएनमिस मिशनमा तैनाथ नेपाली कन्टिन्जेण्टको निरिक्षण भ्रमणको गरेर प्रधानसेनापति सोमबार स्वदेश फर्केका हुन् ।

 

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले नेपाली कन्टिन्जेण्टको स्थलगत बस्तुस्थिति, अपरेशन, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेको सैनिक सम्पर्क निर्देशनालयले जनाएको छ । भ्रमणकै दौरान उनले संयुक्त राष्ट्रसंघका उच्च अधिकारी,फोर्स कमाण्डर र सुडान र कंगोका गर्भनरसंग समेत भेटवार्ता गरेका थिए ।

प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले स्वागत गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द, काठमाण्डौस्थित विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारीहरु तथा नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

शान्ति स्थापनार्थ तैनाथ स्थानहरुमा सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमण र संयुक्त राष्ट्रसंघका पदाधिकारीहरुसंगको भेटघाटले नेपाली सेनाको अन्तर्राष्ट्रिय छवि प्रबद्र्धन हुनुको साथै नेपाली शान्ति सैनिकहरुको हौसला अभिबृद्धि गर्न थप मद्दत पुग्ने तथा संयुक्त राष्ट्रसंघ, नेपाल र सम्बन्धित राष्ट्रबीच रहंदै आएको सौहार्दपूर्ण सम्बन्धलाई अझ सुमधुर एवं विस्तार गर्न टेवा पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement