चिनिया जनमुक्ति सेनाको स्थापना दिवसमा प्रधानसेनापति क्षत्रीले दिए कडा सन्देश


काठमाण्डौ– नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालको जमिन कुनै पनि शक्ति केन्द्रलाई प्रयोग हुन नदिने दावी गरेका छन् । चिनिया जनमुक्ति सेना(पिएलए) को ९० औ स्थापना दिवसको अवसरमा काठमाण्डौमा सोमवार साझ आयोजित कार्यक्रममा सम्बोधन गर्दैै प्रधानसेनापति क्षत्रीले नेपाल एक चीन नितीप्रती सदैव प्रतिवद्ध रहेको भन्दै कुनै पनि छिमेकी मुलुकको विरुद्धमा नेपाली भुमि प्रयोग हुन नदिने बताएका हुन ।

 

उनले यदी त्यसो गर्न खोजिए नेपाली सेनालाई सैह्य नहुने समेत चेतावनी दिएका छन् ।

 

सेनापति क्षत्रीले दुवै देशका सेनाले अन्र्तराष्ट्रिय क्षेत्रमा पनि सहकार्य गरीरहेको भन्दै पछिल्लो समय चीनले नेपाली सेनालाई गर्दै आएको सहयोगप्रति उनले  धन्यवाद समेत व्यक्त गरे ।
प्रधानसेनापति क्षत्रीले २०१६ मा आफुले  चीन भ्रमण गरेको प्रशंङ्ग उल्लेख गर्दै चीनिया सेनाले नेपाली सेनाको आधुनिकरणमा ठुलो सहयोग गरेको बताए । 

 

क्षत्रीले नेपाली सेना र चिनिया सेनाविच १९८८ वाट सैनिक सम्बन्ध तिव्र रुपमा अघि बढेको समेत जानकारी दिए ।  उनले पछिल्लो समय चीनवाट नेपाली सेनाका दर्जनौ अधिकृतहरु तालिम लिएर फर्केको जानकारी दिदै प्रधानसेनापति क्षत्रीले आगामी सेप्टेम्वरमा ४२ जना अधिकृतहरु विभिन्न किसिमको तालिमको लागी चीन जाने तयारीमा रहेको समेत बताए ।

 

“दुई देशका सेनाविच धेरै लामो समयदेखी घनिष्ट सम्बन्ध छ, चिनिया सेनाले हामीलाई निकै मद्दत पनि गर्दै आएको छ, पछिल्लो समयको संयुक्त सैन्य अभ्यासले हाम्रो सम्वन्धलाई झन् उचाईमा पुरयाएको छ ।”  प्रधानसेनापति क्ष्ँत्रीले कार्यक्रममा भने ।  उनले आगामी दिनमा दुई देशका सेनाविच सहकार्य नया ढंगले अघि बढ्ने समेत बताए ।

 

कार्यक्रममा विशिष्ट अतिथीको भुमिकामा निम्ताइएका क्षत्रीले भुकम्पको बेला चिनिया सरकार र चीनिया सेनाले गरेको सहयोगको समेत प्रशंसा गरेका थिए । उनले चिनिया सेनाका अधिकृतहरुलाई नेपाली सेनाले पनि विभिन्न तालिमहरु प्रदान गर्न पाउनु नेपाली सेनाको लागी गौरवको विषय भएको समेत बताए ।

 

 

“हामीले चिनिया सेनाका अधिकृतहरुलाई पनि स्टाफ कलेज,जंगल वारफेयर तालिम र माउण्टेन वारफेयर तालिम गराइरहेका छौ, जुन कुरा हाम्रो लागी पनि गौरवको कुरा हो ।” सेनापति क्षत्रीले कार्यक्रममा भनेका थिए ।

 

उनले आगामी दिनमा दुई सेनाको सम्वन्ध अझ मजवुत हुने विश्वास समेत कार्यक्रममा व्यक्त गरेका थिए ।

फोटो सौजन्य : सुनिल शर्मा

प्रतिक्रिया दिनुहोस
Advertisement