काठमाण्डु – अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनमा विवाद भई मतगणना रोकिएका बेला अध्यक्षका ३ उम्मेदवारले एकैखालको अडान व्यक्त गरेका छन् ।
मंगलबार संयुक्त माग पेश गर्दै अध्यक्षका उम्मेदवारहरू उपदेश यादव, सुदिन पौडेल र हेमन्त राईले मतदान भएको क्याम्पस वाल्मीकि क्याम्पसमा नै मतगणना गर्नुपर्ने अडान राखेका छन् ।
तीनै उम्मेदवारले रेजाको लागि निर्वाचन समितिले व्यवस्था गरेको ‘रातो मसी कलम’द्वारा रेजा लगाइएको मत मात्र गणना गरिनुपर्ने र व्यवस्था गरिएको रातो कलमबाहेक कुनै पनि मसीले रेजा लगाइएको मत बदर गरिनुपर्ने माग राखेका छन् ।
मतगणनाको बाँकी प्रक्रिया पूरा गरी अविलम्ब मतगणना सुरु गर्न समेत अनुरोध गरिएको छ ।
प्रतिक्रिया