पर्साका ७ जना मालपोत अधिकृत भ्रष्टाचारी ठहर

पर्साका ७ जना मालपोत अधिकृत भ्रष्टाचारी ठहर


वीरगञ्ज – मालपोत कार्यालय पर्साका ७ जना मालपोत अधिकृत विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका छन् ।

कर्मचारीको मिलेमतोमा जग्गा किनबेचका क्रममा लिखतबाट उठेको राजस्व रकम नियमाअनुसार दाखिला नगरी हिनामिना गरेको दाबीसहित अख्तियारले २०८० कात्तिक २० गते भ्रष्टाचार मुद्दा दायर गरेकोमा विशेष अदालतले दोषी ठहर गरेको हो ।

अदालतले कार्यालयका तत्कालीन मालपोत अधिकृतहरू हरिणारायण मिश्र, भूपबहादुर बोगटी, गोपाल ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, स्व. किरणप्रसाद उपाध्याय र कुमोद तिवारीलाई दोषी ठहर गरेको छ ।

न्यायाधीशहरू टेक नारायण कुँवर, तेज नारायण सिंह राई र राम बहादुर थापाको इजलासले अधिकृतहरूलाई दोषी ठहर गरेको हो । सजाय निर्धारणका लागि अदालतले अर्को पेशी तोकेको छ ।