दूरसञ्चार प्राधिकरणका अध्यक्षकाे मुद्दा फिर्ता गर्ने सर्वोच्चकाे फैसला


काठमाडौं– सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको मुद्दा फिर्ता गर्ने फैसला सुनाएको छ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले झाले मुद्दा फिर्ता गर्न निवेदन दिनुभएपछि मुद्दा फिर्ता भएको फैसला सुनाएको हो ।

अघिल्लो सरकारले गरेको नियुक्ति वर्तमान सरकारले खारेज गरेकोविरुद्धमा झाले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतले दुवै पक्षलाई छलफलका लागि आगामी साउन ३ गते बोलाएको थियो तर झाले मुद्दा फिर्ता गर्न निवेदन दिएपछि अदालतले मुद्दा फिर्ता गर्ने फैसला सुनाएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement