सर्वाेच्चले भन्यो – रेशमलाई पक्राउ गर्ने पत्र अनाधिकृत, तत्काल छाड्नू

सर्वाेच्चले भन्यो – रेशमलाई पक्राउ गर्ने पत्र अनाधिकृत, तत्काल छाड्नू

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न पत्राचार गरेको छ ।

सर्वाेच्चका प्रवक्ता, सहरजिस्ट्रार अच्युत कुइकेलले रेशम चौधरीलाई हिरासतमा राख्न डिल्लीबजार कारागारका नाममा सर्वोच्चबाट लेखिएको पत्र आधिकारिक नभएको जनाएका छन् ।

प्रहरी महानिरीक्षकलाई बोधार्थ दिएको पत्रमा उल्लेख छ, ‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिती २०८२/०१/१७ मा कैदमा राख्न पठाइएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारिक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गाविस वडा नम्बर ८ हाल जानकी गाँउपालिका वडा नम्बर ६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद र थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।’

उनलाई पक्रन गर्न पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ । विष्टलाई सर्वोच्च अदालत सुरक्षा एकाइले पक्राउ गरेर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डुको जिम्मा लगाएको छ ।