काठमाण्डु – सहकारी ठगीमा मुछिएका ढोरपाटन नगरपालिकाका नगर प्रमुख (मेयर) देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।
पोखराको इमेज सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनलाई थुनामा राख्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला कारागार बागलुङमा रहेका उनलाई झिकाएर जिल्ला अदालत कास्कीले सोमबार बयान लिएको थियो ।
प्रतिक्रिया