सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश सारुलाई तोक्ने निर्णय

सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश सारुलाई तोक्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश चन्द्रबहादुर सारूलाई तोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैशाख २ गतेको बैठकले उनलाई अध्यक्षमा तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

निर्णय सुनाउँदै उनले भने, ‘उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारुलाई सो अदालतको कामकाज समेत गर्ने गरी सैनिक विशेष अदालतको अध्यक्ष तोक्ने ।’

उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङलाई पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय भएको उनले जानकारी दिए ।

उनले भने, ‘उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङलाई सो अदालतको कामकाज समेत गर्नेगरी काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ बमोजिमको पुनरावेदन समितिको अध्यक्ष तोक्ने ।’