काठमाण्डु – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनिएको कार्यसमितिलाई आधिकारिक दिएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाली कांग्रेसको विवादको विषयको निवेदनमा सर्वोच्च अदालतले गरेको अन्तिम आदेशउपर पुनरावलोकन निवेदन दर्ता दिएको छ ।
न्यायाधीशहरू न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगनकुमार थापाको कार्यसमितिलाई मान्यता दिएको थियो ।
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत गएका थिए ।




प्रतिक्रिया