अदालतमा संवेदनशील मुद्दाको सुनुवाइ प्रत्यक्ष प्रसारण नगर्न सर्वाेच्चको आदेश

अदालतमा संवेदनशील मुद्दाको सुनुवाइ प्रत्यक्ष प्रसारण नगर्न सर्वाेच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले कानुनले गोपनीयता कायम गर्न भनिएका संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश गरेको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले प्रत्यक्ष प्रसारण नगर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘कानुनअनुसार गोपनीयता कायम गर्नुपर्ने विषय, बन्द इजलासबाट सुनुवाइ गर्नुपर्ने विषय, मुद्दाका पक्ष, विपक्ष तथा निजहरूका तर्फबाट कानुन व्यवसायीले गोपनीयता कायम गरियो, प्रत्यक्ष प्रसारण नगरियोस् भनेर अनुरोध गरिएको विषय र अदालत/इजलासबाट प्रत्यक्ष प्रसारण गर्न उपयुक्त नरहेको भनेर ठर्‍याइएको विषय वा मुद्दामा प्रत्यक्ष प्रसारण नगर्नु ।’

अदालतले प्रत्यक्ष प्रसारणका विषयमा नीति/निर्देशिका/मापदण्ड तयार भई अदालतबाट सम्पादन हुने कामकारबाहीको प्रत्यक्ष प्रसारणको मार्गदर्शन लागू नहुँदासम्म यी मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेशमा भनिएको  छ । आदेशमा प्रत्यक्ष प्रसारण गरिएका अन्य कामकारबाहीहरूलाई अनुचित रूपमा सम्पादन, तोडमोड वा दिग्भ्रमित हुने गरी बनाइएका श्रव्यदृश्य सामग्री समेत प्रसारण नगर्न भनिएको छ ।

अधिवक्ता जीवनकुमार शाहीले अदालतहरूले केही मुद्दाको बहसको प्रत्यक्ष प्रसारणको अभ्यास थालेको विषयविरुद्ध रिट निवेदन दायर गरेका थिए ।