एमाले परित्यागपछि पदमुक्त मेयर साहलाई नै काम गर्न दिन सर्वाेच्चको अन्तरिम आदेश


काठमाण्डु – सर्वाेच्च अदालतले रौतहट जिल्लाको मौलापुर नगरपालिकामा मेयर रीना कुमारी साहलाई नै काम गर्न दिन अन्तरिम आदेश दिएको छ ।

सर्वाेच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलाशले साहको पक्षमा आदेश गरेको छ ।

मेयर साह नेकपा एमालेबाट निर्वाचित भए पनि पछि पार्टी परित्याग गरेका कारण उनलाई निर्वाचन आयोगले स्वतः पदमुक्त भएको सार्वजनिक गरेको थियो । आयोगको निर्णयविरुद्ध साहले सर्वाेच्चमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी भएको छ ।

सर्वाेच्चको आदेशमा भनिएको छ, ‘निवेदिकालाई पूर्ववत रौतहट जिल्ला, मौलापुर नगरपालिकाको प्रमुख पदमा रही यथावत काम कारवाही गर्न दिनू ।’

प्रतिक्रिया दिनुहोस
Advertisement