इच्छुक सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन उच्च अदालतको आदेश

इच्छुक सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन उच्च अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उच्च अदालत पाटनले इच्छुक सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ ।

न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ ।

शिप बिल्डिङमा परीक्षा दिएकाहरूले उत्पादन क्षेत्रको कोरियन भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा रिट दिएका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो ।

शिप बिल्डिङमा फेल भएका करीब ३० हजारमध्ये १८ जनाले मात्रै आवेदन दिन पाउने थिए भने अब अदालतको आदेशअनुसार शिप बिल्डङको भाषा परीक्षामा फेल भएका सबैले आवेदन दिन पाउने भएका छन् ।

अदालतको आदेश आउनुअघि फाराम भर्न नपाएकाहरूले प्रदर्शन गर्दा २ जनाको मृत्यु भएको छ । आन्दोलनकारीले मन्त्रीको गाडीमा आगो लगाएका थिए ।