जन्ममिति सच्याएको आरोपमा सेनाका प्रमुख सेनानीमाथी कोर्टमार्शल


काठमाडौं – नेपाली सेनाका एक प्रमुख सेनानी जन्ममिति किर्ते गरेको आरोपमा कार्वाहीमा परेका छन् । सेनाको सुदुरपश्चिम पृतनामा कार्यरत प्रमुख सेनानी जीवन थापामाथी जन्ममिति किर्ते गरी सैनिक सेवामा प्रवेश गरेको आरोपमा कोर्टमार्शल सुरु भएको हो ।

उनि २७ बेसिकका सैनिक अधिकृत हुन् । थापालाई महासेनानी बढुवामा सिफारीस गरिएपनि यसअघि उनको बढुवा रोकिएको थियो ।

थापाले गत सातामात्र सैनिक सेवाबाट राजिनामा दिएका थिए । तर उनले दिएको राजिनामा भने स्विकृत भएको छैन् । थापाको बारेमा छानविन भइरहेको भएपनि कार्वाही कुन प्रकृति हुन्छ भन्ने टुंगो नलागेको सैनिक स्रोतले जानकारी दिएको छ ।

सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले प्रमुख सेनानी थापामाथी अनुसन्धान भईरहेको जानकारी दिए । उनले यसवारेमा आफुलाई विश्तृत विवरण जानकारी नभएको बताए ।

सैनिक स्रोतले दिएको जानकारीअनुसार थापा सैनिक सेवामा प्रवेश गर्दा २६ वर्षका भएपनि उनले २१ वर्ष मात्र पुगेको भन्दै नक्कली कागजपत्र पेश गरेर सेनामा भर्ना भएका थिए । सेनामा सैनिक क्याडेटमा भर्ना २१ बर्ष उमेर पुगेको हुनुपर्ने प्रावधान छ ।

थापाले १३ बर्षमा एसएलसी उर्तिण गरेको शैक्षिक प्रमाणत्र समेत पेश गरेका छन् । उनको स्कुलको प्रमाणपत्रमा जन्ममिति २०१९ साल पुस ६ गते उल्लेख छ । तर उनले आफु २०१४ सालमा जन्मिएको कागजपत्र पेश गरेको सैनिक स्रोतको दाबी छ । २०३७ सालमा एसएलसी दिएका प्रमुख सेनानी थापाले १३ बर्षमा नै एसएसलसी उर्तिण गर्नु कुनै पनि हिसाबले सम्भव नभएको एक सैनिक अधिकारीको दाबी छ ।

उनलाई राजिनामा दिन यसअघि पनि सैनिक नेतृत्वले सुझाव दिएपनि थापाले त्यसलाई अस्विकार गर्दै आएका थिए । हालका प्रधानसेनापति पुर्णचन्द्र थापाले नेतृत्व सम्हालेसंगै सेनामा सुधारको थालनी गरेका थिए ।

प्रधानसेनापति थापाले नक्कली शैक्षिक प्रमाणत्र र जन्ममिति सच्याउने सैनिक अधिकारीलाई कार्वाही गर्दै आएका छन् । उनले केही सैनिक अधिकारीलाई कार्वाही गरेपछि कतिपय अधिकृतहरुले राजिनामा समेत दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement