नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटियो, सावधानी अपनाउन चिकित्सकको सुझाव


काठमाण्डु – नेपालमा फेरि कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ ।

यसअघि भेटिएको साउन २१ देखि असोज १४ सम्म विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोन भेरियन्टको सबभेरिएन्ट ‘एक्सबीबी’ देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले पहिलो पटक देखिएको यो भेरिएन्ट उच्च संक्रामक हुनसक्ने बताए । यो एक्सबीबी भेरिएन्ट छिमेकी मुलुक भारतमा समेत भेटिएको छ ।

प्रारम्भिक अध्ययनमा यो भेरिएन्टले कोभिडविरुद्घको खोपको माध्यमले शरीरले आर्जन गरेको प्रतिरक्षालाई सजिलै छल्ने र संक्रमण बढाउने खालको पाइएको डा अधिकारीले बताए ।

जाडोयाममा यो भेरिएन्टले गर्दा थुप्रै मुलुकमा अवस्था गम्भीर हुन सक्ने आकलन गरिएकाले विशेष सावधानी आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement