पछिल्लो २४ घण्टामा ३५६ जनामा संक्रमण पुष्टि, ५१८ जना संक्रमणमुक्त


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार ३ हजार २ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा २८७ जना र ३ हजार १ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ६९ जना गरी ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २४ घण्टामा पाँच सय १८ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ भने संक्रमितहरुको संख्या ९ लाख ८ हजार ९१० पुगेको मन्त्रालयले जनाएको छ ।

आज सबैभन्दा धेरै काठमाण्डुमा ८४, ललितपुरमा ३४, मोरङमा २३, सुनसरी र भक्तपुरमा १ढ÷१९ जना, रुपन्देहीमा १७ र कास्कीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement