२४ घण्टामा ३३९ संक्रमित थपिए, १० जनाको मृत्यु


काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय १ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ६४ हजार ५ सय ३८ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म २० लाख ४८ हजार १ सय १३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement