सीपीएलको ‘ड्राफ्ट’ आज, चार नेपाली खेलाडीमध्ये क–कसले पाउलान् अवसर ?


काठमाडौं – क्यारेबियन प्रिमियर लिग (सीपीएल)को ‘ड्राफ्ट’ आज हुँदैछ । ड्राफ्ट लण्डनमा नेपाली समय अनुसार राति पौने ८ बजेदेखि सुरु हुने छ ।

‘ड्राफ्ट’को सूचीमा सन्दीप लामिछानेसहित चार खेलाडी समावेश छन् । गतसाल लिगमा राम्रो प्रदर्शन गरेका आइपिएल तथा बिगबास लिगको समेत अनुभव संगालेका लामिछाने यस वर्ष पनि दोहोरिन सक्छन् । सूचीमा रहेका रोहित पौडेल, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीका लागि आजको ‘ड्राफ्ट’ महत्वपूर्ण छ । यदी उनीहरुलाई कुनै क्लबले समावेश गरेमा अन्तराष्ट्रिय फ्रेन्चाइज खेल्ने उनीहरुको पहिलो अवसर हुने छ । साथै, अनुभवि र विश्वचर्चित खेलाडीसँगको क्रिकेट अनुभव लिने अवसर पाउनेछन् ।

यो लिगमा छनोट भएर आफ्नो प्रतिभा देखाउन सके भने उनीहरुका लागि अन्य फेन्चाइज क्रिकेटको ढोकासमेत खुल्ने छ । सेप्टेम्बर ४बाट वेष्ट इन्डिजमा हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ । ५३६ खेलाडी ‘ड्राफ्ट’मा सूचीकृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement