काठमाण्डु – एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण बिहीबार हुने भएको छ ।
हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विधान अनुसार ३३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको थियो ।
मनोनीत केन्द्रीय सदस्हहरूको शपथ ग्रहण १५ गते बिहीबार दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा राखिएको छ ।
एमालेले काशीनाथ अधिकारी (चितवन) देवराज घिमिरे (झापा), हरि रिजाल (प्यूठान), पासाङ शेर्पा (ताप्लेजुङ), नरेन्द्र भट्टराई (ईलाम), नन्दराम देवकोटा (खोटाङ), धर्म गिरी (प्यूठान), नारायण घर्ती (जाजरकोट), विद्यासुन्दर शाक्य .काठमाण्डु), शान्तिलाल महत (जुम्ला), पोल्तेन छेपाङ गुरूङ (मनाङ), प्रेम दङ्गाल (काठमाण्डु), सुरेन्द्र उदास (भोजपुर), विनोद पाण्डे (काठमाण्डु) , पुष्पराज श्रेष्ठ (सिन्धुली), विमला घिमिरे (कपिलवस्तु)लाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ ।
त्यसैगरी शिवमाया तुम्वाहाम्फे (मोरङ), कौशिला खत्री (जाजरकोट), जानुका सिम्खडा (धादिङ) र बिना बास्तोला (भक्तपुर) पनि केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका छन् ।
अन्य पार्टीबाट समायोजन भएकाहरुमा मोहम्मद इस्तियाक राई (बाँके), प्रदीप यादव (पर्सा), अब्दुल हुसैन अंसारी (सुनसरी), डिबी कार्की (स्याङ्जा), भवानी खापुङ (तेह्रथुम), दीपक साउद (अछाम), जय गोले तामाङ (काठमाण्डु), धर्मराज निरौला (सुनसरी), रवि चामलिङ (खोटाङ), विनोद पहाडी (रुपन्देही), श्रीप्रसाद शर्मा (बागलुङ), रामप्रीत राम (सिरहा) र ध्रुव विष्ट (भक्तपुर) छन् ।
सोही केन्द्रीय कमिटी बैठकले ७ जना नेतालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो । स्थायी कमिटी चयन भएका सदस्यहरूमा ईश्वर पोखरेल (काठमाण्डु), प्रदिप ज्ञवाली (गुल्मी), काशीनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), शिवमाया तुम्वाहाम्फे (मोरङ), लालबाबु पण्डित (मोरङ) र थममाया थापा (म्याग्दी) छन् ।




प्रतिक्रिया