नेपालद्वारा सिरिज ‘क्लिन स्वीप’


काठमाडौँ–घरेलु टोली पाकिस्तानविरुद्धको पाँच खेलको नेत्रहीन टि–२० सिरिज नेपालले ‘क्लिन स्वीप’ गरेको छ । साेमबार भएको अन्तिम अन्तिम टी–२० मा पाकिस्तानलाई नौ विकेटले हराउँदै नेपालले सिरिज ४–० ले आफ्नो पक्षमा पारेको हो।

इस्लामावादमा पाकिस्तानले दिएको १२७ रनको लक्ष्य नेपालले १० ओभर चार बलमा एक विकेटको क्षतिमा पूरा ग-यो । नेपालको जितमा मनकेसी चौधरीले ८१ रनको अर्धशतकीय इनिङ खेलिन् । उनको यो दोस्रो अर्धशतक हो । यस्तै आशा रेग्मीले ३२ रन जोडिन् ।

पहिलो र तेस्रो खेल समान १० विकेटले जितेको नेपालले चौथो खेल नौ विकेटले जितेको थियो । दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपालका लागि दोस्रो अर्धशतक प्रहार गरेकी मनकेसी प्लेअर अफ दि म्याच घोषित हुँदै २५ हजार हात पारिन् ।

यसैगरी सिरिज जितेको नेपालले एक लाख पाकिस्तानी हात पा-यो । पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिलको आयोजनामा भएको यस सिरिज विश्व नेत्रहीन क्रिकेट लिमिटेडबाट मान्यता प्राप्त सिरिज हो।

प्रतिक्रिया दिनुहोस
Advertisement