प्रधानमन्त्री कप आजबाट त्रिवि मैदानमा, प्रचण्डले उद्घाटन गर्ने


काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा (शुक्रबार) आजदेखि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ ।

तेस्रो संस्करणको प्रतियोगिताको उद्घाटन कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

तर, अन्तिम समयमा उद्घाटनस्थल परिषद्ले परिवर्तन गरेको हो । नेपाल इन्टरनेसनलका अध्यक्ष शुभास प्रधानले मूलपानी मैदान खेल्नका लागि योग्य भए पनि उद्घाटन कमजोर नहोस् भनी त्रिवि मैदानमा सारेको बताए । मूलपानीमा हुने प्रतियोगिता १२ जेठबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement