सन्दीप लामिछानेले ५ विकेट लिँदा नेपाललाई सामान्य लक्ष्य


काठमाण्डु- पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा केन्याले नेपाललाई सामान्य रनको लक्ष्य दिएको छ । जिमखाना क्लब मैदानमा चलिरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १०१ रन बनाएको हो ।

केन्याका लागि दुवै ओपर सस्तैमा आउट भएका छन् । ओपनर एलेक्स ओबान्डाले ३ र अर्का ओपनर कोलिन्स ओबुयाले २० रन जोडे । लुकास ओलुओचलेले ३३, राकेप पटेलले ६, सचिन भुडियाले ८, नेहेम्याह ओधियाम्बोले ५, नेल्सन ओधियाम्बोले ६, विकेटकिपर सुखदीप सिंहले ३, कप्तान शेम न्गोचेले १३, एलिया ओटिएनोले १ र व्राज पटेलले १ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए । आदिन अन्सारीले दुई विकेट लिँदा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले समान एक-एक विकेट लिए ।

आजको खेलमा जित निकाले नेपालले एक खेल अगाबै सिरिज कब्जा गर्नेछ । पाँच खेलको टी-ट्वान्टी सिरिजमा नेपाल २-१ ले अघि रहेको छ । नेपालले पहिलो र तेस्रो खेलमा जित निकालेको छ भने दोस्रो खेल गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement