युएई १९१ रनमै अलआउट, नेपालको सानदार बलिङ


काठमाण्डु – दोस्रो एक दिवसीय खेलमा युएईले नेपाललाई सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमाटस जितेर सुरुआती ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा १० विकेट गुमाउँदै १९१ रन बनाएको छ ।

युएईका लागि वसीम मुहम्मदले अर्धशतकिय पारी खेले । उनले ३ चौका र ४ छक्काको मद्दतमा ५० रन जोडे । अन्य खेलाडीले अर्धशतकिय पारी खेल्न सकेनन् । वृत्य अरविन्दले २५, सीपी रिजवानले २२, अलिशान शराफुले ३५, विष्णु सुकुमारनले १५ र बासिल हमिदले २४ रनको योगदान गरे ।

नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले समान तीन/तीन विकेट लिए । करण केसी, गुलशन कुमार झा, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेलको नाम एक/एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस
Advertisement