विश्वकपमा पुग्न नेपालद्वारा यूएईलाई मध्यम लक्ष्य


काठमाण्डु- कप्तान देव खनालको अर्धशतकमा नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई विश्वकपमा पुग्न १ सय ९२ रनको मध्यम लक्ष्य दिएको छ ।

इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९१ रन बनायो । खनालले ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै विशाल विक्रम केसीले ३८ रन बनाउँदा उत्तम मगरले ३६ रनको योगदान गरे ।

युएईका कप्तान आयन खानले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । हरितहर्ष सिट्ठी र ध्रुव परासरले दुई दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement