आसिफ खानको विस्फोटक शतकमा नेपाललाई युएईको विशाल लक्ष्य


काठमाण्डु- आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईले नेपाललाई बलियो लक्ष्य दिएको छ । त्रिभुवन विश्वबिद्यालय किर्तिपुरको खेल मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा ५ विकेट गुमाउँदै ३१० रन बनाएको छ ।

यूएईका लागि भृत्य अरविन्द र कप्तान मोहम्मद वासिम र आसिफ खानले उत्कृष्ट प्रदर्शन गरे । अबिन्द्रले १३८ बलमा चौका र छक्काको मद्धतमा ९४ रन बनाउँदा वासिमले ४९ बलमा २ चौका र ६ छक्काको मद्धतमा ६३ रन बनाए । खानले १०१ रनको योगदान गरे ।

ओपनर आर्यन लाक्राले ६ रन, सीपी रिजवानले ७ रन, आयान अफजल खानले ३ रन, रोहन मुस्तफाले २० रन बनाए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिएका छन् । ललित राजवंशी र सन्दीप लामिछानेको नाममा एक/एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस
Advertisement