एसिया कप पाकिस्तान र श्रीलंकामा हुने, नेपालले भारत र पाकिस्तानसँग खेल्ने


काठमाण्डु- एसिया कप क्रिकेटको आयोजनास्थल निश्चित  भएको छ । पाकिस्तानमा हुने एसिया कपमा भारत सहभागी नहुने भनेपछि अन्यौलनमा परेको प्रतियोगिता हुने निश्चित भएको हाे । एसियन क्रिकेट काउन्सिलले एसिया कप पाकिस्तान र श्रीलंका गर्ने लगभग निश्चित जस्तै भएकाे जनाएकाे छ ।

प्रतियोगिताका १३ मध्ये करिब पाँचवटा खेलहरू पाकिस्तानमा र बाँकी खेलहरू श्रीलंका आयोजना हुने गरी समस्या समाधान गरिएको हो । श्रीलंकामा हुने खेलमा भारत सहभागी हुनेछ । १ देखि १७ सेप्टेम्बरभित्र हुने प्रतियोगिताबारे एसीसीले केही दिनमै औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement