नेदरल्यान्ड्सविरुद्ध नेपालको चौथो विकेट खस्यो


काठमाण्ड- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्धको खेलमा चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा भीम सार्की आउट भएका हुन् । उनको विकेट क्लेइटन फ्लाइडले लिएका हुन् ।

फ्लौइडले भीमलाई २२ रनमा सारिज अहमदद्वारा क्याच गराए । त्यसअघि तेस्रो विकेटका रुपमा आरिफ शेख पेभेलियन फर्किएका थिए । उनको विकेट बिक्रमजित सिंहले लिएका हुन् । सिंहले आरिफलाई ६ रनमा भान विकद्वारा क्याच गराए । १६.१ ओभरमा टोलीको कूल स्कोर ५४ रन हुँदा नेपालको तेस्रो विकेट खसेको हो ।

त्यसअघि नेपालले दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । कुशलको विकेट बिक्रमजित सिंहले लिए । सिंहले कुशललाई २७ रनमा विकेटकिपर एडवार्डसद्वारा क्याच गराएका थिए । कुशलले ४२ बलको सामना गरी दुई चौका हिर्काए । दोस्रो विकेट खस्दा नेपालले १४।५ ओभरमा ४६ रन बनाएको थियो ।

त्यसअघि नेपालको पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका थिए । उनको विकेट नेदरल्यान्ड्सका बलर लोगन भान विकले लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement