कुशल भुर्तेलको ६ विकेटमा यूएई ‘ए’ १५७ रनमा समेटियो


काठमाण्डु – लेग स्पिनर कुशल भुर्तेलको उत्कृष्ट बलिङमा एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले यूएई एलाई सस्तैमा समेटेको छ ।

श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा टस जितेर ब्याटिङ थालेको यूएई एले ४४ ओभरमा १० विकेट गुमाउँदै १५७ रन बनायो । यूएई एका लागि ओपनर लवप्रीत बाजवाले ५२ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् ।

नेपालका लागि भुर्तेलले ६ विकेट लिए । मौसम ढकालले २ विकेट तथा कुशल मल्ल र पवन सरार्फले समान एक-एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement