कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा नेपालले यूएई ‘ए’लाई हरायो


काठमाण्डु- एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अन्तिम खेलमा ओपनर कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा नेपालले यूएई एलाई पराजित गरेको छ ।

श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा भएको खेलमा नेपालले यूएई एलाई विकेटले ३ पराजित गरेको छ । यूएई एले दिएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रामक अर्धशतक पारी खेले । उनले ४३ बलमा ९ चौका र ४ छक्काको मद्धतमा ७१ रनको योगदान गरे । देव खनाल र सन्दीप जोराले समान २४-२४ रन बनाए ।

यूएई एका मोहम्मद फराजुद्दीनले ५ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ थालेको यूएई एले ४४ ओभरमा १० विकेट गुमाउँदै १५७ रन बनाएको थियो । यूएई एका लागि ओपनर लवप्रीत बाजवाले ५२ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् ।

नेपालका लागि भुर्तेलले ६ विकेट लिए । मौसम ढकालले २ विकेट तथा कुशल मल्ल र पवन सरार्फले समान एक-एक विकेट लिए । यससँगै नेपालले अन्तिम खेलमा जितसहित प्रतियोगितामा आफ्नो यात्रा टुंगाएको छ । यसअघि पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement