महिला टी–२० सिरिजको उपाधिमाथि नेपालको कब्जा


काठमाण्डु – महिला टी–२० सिरिजको उपाधिमाथि नेपालले कब्जा जमाएको छ ।

शनिवार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले पराजित गर्दै उपाधि जितेको हो ।

नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतिका आधारमा भएको थियो ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि सुरुमा बलिङ गरेको थियो । मलेसियाले नेपालविरुद्ध ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०१ रन बनायो ।

जवाफी ब्याटिङका लागि १०२ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले ५ दशमलव ३ ओभर खेल्दा वर्षा भएपछि खेल रोकिएको थियो । त्यतिबेला नेपालले १ विकेटको क्षतिमा ३७ रन बनाएको थियो । इन्दु बर्मा १९ तथा सीता राना मगर १३ रनका साथ मैदानमै थिए भने काजल श्रेष्ठ रन नबनाइकनै आउट भएकी थिइन् ।

वर्षा अत्यधिक भएपछि खेल पुनः सुरु हुन नसक्ने हुँदा नेपाललाई विजयी घोषित गरिएको छ ।

यसअघि हङकङका लागि ब्याटिङ गर्दै याशमिन दासवानीले ११, यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाएकी थिए ।

बलिङतर्फ नेपालका लागि खुसी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले १–१ विकेट लिएका थिए । फाइनल खेलको प्लेयर अफ दी म्याच नेपालकी खुसी डंगोल भएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement