नेपालविरुद्ध ११ ओभर खेल्दा पाकिस्तानले बनायो ४९ रन


काठमाण्डु – एसिया कप क्रिकेट प्रतियोगितामा नेपालविरुद्ध ब्याटिङ गरिरहेको पाकिस्तानले ११ ओभरमा ४९ रन बनाएको छ ।

नेपालले हालसम्म पाकिस्तानका २ विकेट झारेको छ ।

पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । नेपालले बलिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement