एसिया कपमा भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य


काठमाण्डु- एसीसी एसिया कप अन्तर्गत भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २६६ रन बनाएको हो ।

भारतका लागि हार्दिक पाण्डेयले ८७ र इसान किसानले ८२ रन बनाउनुबाहेक अरु ब्याटरले उल्लेख्य रन जोड्न सकेनन् । पाकिस्तानका साहिन शाह अफ्रिदीले ४ तथा नसिम शाह र हरिस रउफले समान ३/३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement