भारत र पाकिस्तानबिचको खेल आज पनि स्थगित भएपछि के हुन्छ ?


काठमाण्डु- एसिया कपको सुपर फोरमा आज पाकिस्तान र भारत भिड्ने भएका छन् । आइतबार वर्षाको कारण खेल स्थगित भएपछि पुनः दुवै टोलीबीचको खेल हुन लागेको हो ।

आइतबार कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । लगातार वर्षाको कारण पुन: खेल हुन सकेन । त्यसैले हिजाेकाे खेल स्थगित गरिएको हो ।

भारत र पाकिस्तानबिचको खेलमा रिजर्भ डे राखिएको थियो । त्यसैले खेल जहाँ रोकिएको थियो त्यहीँबाट सुरु हुनेछ । आज पनि हुन नसकेको अवस्थामा भने खेल रद्द हुँदै दुवै टोलीले एक एक अङ्क बाँड्नेछन् ।

भारतलाई पहिलो विकेटका लागि रोहित शर्मा र शुभमन गिलले १६.४ ओभरमा १ सय २१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । रोहित शादब खानको बलमा फहिम अशरफबाट क्याच आउट हुन पुगे ।

रोहित शर्मा ४९ बलमा ६ चौका र ४ छक्कासहित ५६ रनमा आउट भए । गिल ५२ बलमा १० चौकासहित ५८ रनमा क्याच आउट भए । शाहिन शाह अफ्रिदीको बलमा एक्स्ट्रा कभरमा अघा सलमानबाट क्याच आउट भए । भारतका विराट कोहली ८ र लोकेश राहुल १७ रनमा क्रिजमा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement